सप्तरीको कंचनरुप स्थित रुपनगरमा ८४ करोडको लागतमा मदन भण्डारी खेल ग्राम बन्ने निश्चत

कञ्चनरुप सप्तरी , १९ पुष । सप्तरीको कंचनरुप नगरपालिका वडा नं. ९ रुपनगर विष्णु मन्दिर टोल खयर वनमा ८४ करोडको लागतमा मदन भण्डारी खेल ग्राम (रंगशाला) निर्माण हुने भएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले खेलकुदको विकासका लागि गाउँ–गाउँमा खेल पूर्वाधार निर्माणलाई पुर्‍याउने नीति अनुसार सप्तरीमा फुटबल मैदान तथा एथलेटिक्स ट्रर्‍याक सहितको मदन भण्डारी खेल ग्राम (रंगशाला) निर्माण हुन लागेको हो ।
खेल ग्राम (रंगशाला) मुल्य अभिबृद्धिकर (भ्याट) बाहके ८४ करोड ७४ लाख ३ सय ७० रुपैयाँको लागतमा निर्माण हुन लागेको छ ।

निर्माण हुने मदन भण्डारी खेल ग्राम (रंगशाला) मा फुटबल मैदान, एथलेटिक्स ट्रर्‍याकका साथै दर्शकका लागि आवश्यक प्यारापिट रहने छन् ।
कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमारका अनुसार मन्त्रालयद्वारा रंगशाला निर्माणका लागि शुक्रबार राष्ट्रिय खेलकुद परिषद मार्फत टेन्डर आहवान समेत गरिएको छ ।
कञ्चनरुप नगरपालिकाको वडा नं. ९ रुपनगर विष्णु मन्दिर टोलमा निर्माण हुन लागेको रंगशालाका लागि नगरपालिकाले १५ बिग्घा जग्गा उपलब्ध गराई सकेको छ भने आवश्यक परे सोही स्थानमा थप जग्गा उपलब्ध गराउन सकिने नगर प्रमुख बसन्त कुमारले बताए ।

रंगशाला निर्माणले विभिन्न प्रतियोगिता आयोजना गर्न सहज हुनुका साथै स्थानिय स्तरबाटै राष्ट्रिय –अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न समेत मदत पुग्ने स्थानियहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com