सप्तरीको कञ्चनरुपका नेपाल विद्युत प्राधिकरण कंचनपुरका डिई सिंह सम्मानित

उत्सव आचार्य

कञ्चनरुप सप्तरी , २६ मंसिर ।

सप्तरीको कञ्चनरुप नगरपालिका ११ नम्बर वडाका गिलाहा बासिहरुले बुधबार नेपाल विद्युत प्राधिकरण कंचनपुरका डि. ई. लाई दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

गाउँलेहरूले कुशल शालीन स्वभावका डिई रोशन कुमार सिंहलाई खुशी भएर फूलमाला सहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

सोही ठाउँको नयाँ सिमरा देखि गिदाहासम्म राम्रो विद्युतिकरण नभएका कारण किसानहरूलाई सिचाइ गर्न सुविधा हुने गरेको हुदा यस क्षेत्रमा नयाँ जोस र जाँगरका साथ काम गर्न सक्षम व्यक्तित्वका रुपमा आउनु भएका डिइ सिंहले विद्युतीकरण गरि दिने भनेपछि गाउँबासीहरु हर्षीत भएको स्थानिय युवा नेता हर्ख नारायण चौधरीले बताए । 

यस क्षेत्रमा सिचाइको असुविधा रहेको र आकाशे पानीको भरमा खेती गर्नुपर्ने हुदा किसानलाई साह्रै मर्का पर्ने गरेको चौधरीले बताए ।

नेपाल विद्युत प्राधिकरणका डिइ रोशन कुमार सिंहले आफू यस कंचनपुर शाखामा केही गर्न सक्छु भनेर आएको हुँ र जनतालाई कसरी छिटोछरितो तरिकाले सेवा दिन सकिन्छ त्यसै तर्फ आफ्नो ध्यान केन्द्रीत गरि रहेको बताउँदै यस क्षेत्रमा विद्युतीकरण को विकास का साथसाथै चुहावट नियन्त्रण गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

यति भएमा विद्युत्का बारेमा कुनै समस्या आउन नदिने उनलेे बताए । विद्युतको लाइन विस्तार हुन बाँकी रहेका ठाउँहरुमा चाडैं लाइन विस्तार गरि जनतालाई सुविधा दिन आफूले चाहेको बताउँदै गिदाहा बासिको समस्यालाई पनि चाडैं समाधान गर्ने बताए ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com