सप्तरीको कञ्चनरुपमा सेवाग्राहीसँग घुस लिएको आरोपमा सर्भेक्षक पक्राउ

सप्तरी , १६ कार्तिक ।

      सप्तरीको कञ्चनरुपमा सेवाग्राहीसँग घुस लिएको आरोपमा नगरपालिकाका नापी कार्यालयका सर्भेक्षक पक्राउ परेका छन्।

  शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी स्थित सम्पर्क कार्यालयले सर्भेक्षक दिपेन्द्र यादवलाई पक्राउ गरेको हो ।

       जग्गाको क्षेत्रफल सुधार गर्ने कार्यका लागि यादवले सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।  थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com