सप्तरीको कञ्चनरुप र अग्निसाईर कृष्णासवरनमा हात्ती आतंक : लाखौंको क्षति

बृजमान तामाङ

बिरेन्द्र बजार, २४ पुस । सप्तरीको कंचनरुप नगरपालिका १२ धरमपुरमा बुधबार राती आएको हात्तीको एक हुलले आतंक मच्चाउँदै ठुलो धनमालको क्षति गरेको छ ।

गाउँ नजिकैको बनक्षेत्रमा बस्दै आएको ६ वटाको संख्यामा राती आएको हात्तीको हुलले स्थानीय कौशलराज उपाध्याय पोखरेलको घर तोडफोड गरि लाखौंको धनमालमा क्षति गरेको हो ।

मध्यरातमा ७ वटाको हुलबाँधेर आएको हात्तीले घर भत्काएर चार बोरा धान, फापर, पानी टंकि र खेतमा लगाएको गहु गरि ८० हजार भन्दा बढी धनमाल नष्ट गरेको पीडितले बताए ।

यसैगरी सोही हात्ती को हुलले अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ६ को नयाँ बास्तीका टिकाराम अर्यालको घरमा तोडफोड गरेको छ । हात्तीले घरको टाटि भत्काएर भण्डारण गरि राखेको खाधान्न, आन्नपातमा खाएर र कुल्चेर नष्ट गरेको स्थानीय वीर बहादुर मगरले बताए ।

मगरका अनुसार सोही रात वडा नम्बर ६ कै अमर दाहालले २ कठ्ठामा लगाएको आलु हात्तीको हुल पसेर खाएर र कुल्चेर नष्ट गरेको छ ।

कोशीट्प्पु बन्यजन्तु आरक्षणबाट निस्केको जंगली हात्तीको विभिन्न हुल गरि ४ दर्जनले बिगत ५ बर्षदेखे ठूलो जनधनको क्षति गर्दै आतंक मच्चाएको स्थानीयले जनाएको छ ।

सप्तरीको सप्तकोसी, कंचनरुप, अग्निसाईर कृष्णासवन,रुपनी, खडक, सुरुङ्गा सहितको उत्तरी क्षेत्रका स्थानीय तहमा हात्ती आतंकका कारण दर्जनौं बस्तिहरु पलायन भैसकेका छ्न भने धेरै बस्तीटोलहरु बिस्तापित हुने आबस्थामा रहेको छ ।

हात्तीले दैनिक दर्जनौ घर तोडफोड गरि बस्तीहरु पलायन हुदा र किसानहरूले बालिनाली लागाउन छोड्दा समेत सरकार र सरोकारवाला भने मौन बसेका छ्न । हात्ती प्रभावित क्षेत्रका बासिन्दाहरु ज्यान लिने डरले रातभर जाग्राम बस्न बाध्य भएका छ्न ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com