सप्तरीको कञ्चनरुप सहित १८ वटै पालिकामा दादुरा रुबेला खोप लगाइदै

उत्सव आचार्य
कञ्चनरुप सप्तरी , फागुन १ गते । कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कंचनपुर सप्तरीको आयोजनाममा बिहिवार सहरी स्वास्थ्य केन्द्र कञ्चनरुप–१२ रुपनगर बस्तीपुरमा पहिलो चरणको दादुरा रुबेला खोपको उद्घाटन भएको थियो ।
खोपको उद्घाटन गर्दै नगर प्रमुख बसन्त कुमारले दादुरा रुबेला खोप अभियानलाई सबै मिलेर शतप्रतिशत रुपमा सफल पार्नुपर्ने बताए ।
सानै उमेरमा बच्चाको स्वास्थ्यमा राम्रोसँग ख्याल गरेमा मानसिक , शारिरिक र क्षमतामा विकास हुने बताए । विद्यालय , स्वास्थ्य संस्थामा अक्सिजन बढी दिने खालका बिरुवाका साथै फूलहरु रोप्न समेत अनुरोध गरे ।
स्वास्थ्य शाखाका सुरेन्द्र प्रसाद यादव , रुपनगर स्वास्थ्य चौकीका सिअहेव जदुनन्दन राउत , प्रेस संगठन नेृपालका सप्तरी सदस्य उत्सव आचार्य लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।
प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुरका प्रमुख डा. संजिव कुमार झाले कार्यक्रमको उदेश्य र दादुरा रुबेला खोपका बारेमा जानकारी गराएका थिए ।
पहिलो चरण अन्तर्गत सप्तरीको कञ्चनरुप सहित १८ वटै पालिकामा दादुरा रुबेलाको खोप लगाइदै छ ।
जनस्वास्थ्य कार्यालय सप्तरीका अनुसार आज राजविराज नगरपालिका , कञ्चनरुप नगरपालिका लगायत अन्य पालिकाहरुमा समेत दादुरा रुबेलाको खोप लगाउनुका साथै पोलियो थोपा समेत खुवाइएको छ ।
स्थानियलाई पायक पर्ने गरी वडागत रुपमा खोप केन्द्र निर्धारण गरिएको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत रामसेवक यादवले बताए ।
अभियान अन्तर्गत ९ महिना देखि ५ वर्या मुनिका बालबालिकाहरुलाई दादुरा रुबेलाको खोप लगाइदै छ भने जन्मेदेखि ५ वर्ष मुनिका बालबालिकालाई पोलियो थोपा समेत खुवाइदै छ ।
पहिलो चरणको अभियान फागुन १ गते देखि ९ गते सम्म चल्ने स्वास्थ्य शाखाले जनाएको छ ।
अभियानका लागि कञ्चनरुपमा स्वंयमसेविका ९० जना , स्वयमसेवक ९० जना , खोप दिने स्वास्थ्यकर्मी २० जना , सहयोगी स्वास्थ्यकर्मी २० जना , अनुगमन २० जना र खोप केन्द्रहरु ९० स्थानमा कायम गरी परिचालन गरिएको स्वास्थ्य शाखाका सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ताले बताए ।
सहरी स्वास्थ्य केन्द्रका प्रमुख मुरारी कटुवालले कार्यक्रम संचालन गरेका थिए भने १२ नम्बरका वडा अध्यक्ष देवी बहादुर खत्रीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो ।
दोस्रो चरण अन्तर्गत फागुनको १४ गतेबाट २२ गतेसम्म खोप अभियान चलाइने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com