सप्तरीको कञ्चनरूप १२ मा सरस्वती पूजा भव्य रुपमा सम्पन्न

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , २७ माघ ।

सप्तरीको कञ्चनरूप नगरपालिकाको सरकारी तथा निजी विद्यालयहरूमा भव्य रुपमा सरस्वतीको गरिएको छ ।

सोही अवसरमा शंकर मा.वि. कञ्चनरुप १२ रुपनगर मा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरि सरस्वती पूजा गरिएको छ । 

सांस्कृतिक कार्यक्रमको निरीक्षण गर्दै नगर प्रमुख बसन्त कुमारले अभिभावक , शिक्षक विद्याथीलाई शिक्षामा विशेष ध्यान दिई अगाडि बढ्न सुझाव दिए । 

विद्याथीलाई अनिवार्य रुपमा प्रत्येक दिन विद्यालय आई राम्रोसँग अध्ययन गर्न र घरमा कम्तीमा ३ घण्टा पढ्न अनुरोध गर्दै अभिभावकलाई समेत आफ्ना छोराछोरीको पढाइ प्रति विशेष ध्यान दिन आग्रह गरे । त्यसैगरी नगर प्रमुखले शिक्षकहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरी क्षमतावान विद्यार्थी बनाउन निर्देश समेत दिए । 

त्यसैगरी सुनाखरी इङलिस बोर्डिङ स्कुल कञ्चनरूप १२ सितापुरले विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरी सरस्वती पूजा भव्य रुपमा मनाएको कुरा संस्थापक प्रमोद कटुवालले बताए ।

सांस्कृतिक कार्यक्रममा जनचेतनामूलक कमेडी , नृत्यनाटक तथा गीतहरू प्रस्तुत गरि दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । 

त्यसैगरी लिटिल फ्लावर बोर्डिङ स्कुल कञ्चनरूप १२ रुपनगरले समेत सरस्वती पूजा भव्य रुपमा मनाएको कुरा प्रिन्सिपल शान्त अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com