सप्तरीको कञ्चनरूप -१२ रुपनगर प्रगति टोलका महिलाहरूले हप्ता दिन अघि नै मनाए तीज

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , १० भदौ ।

हिन्दु महिलाहरूको महान चाड हरितालिका तीज आउन हप्ता दिन बाँकी छ तर सप्तरीको कञ्चनरुप – १२ रुपनगर प्रगति टोलका महिलाहरूलाई हप्ता दिन अघि नै तीज लागि सकेको छ ।

प्रत्येक घरमा सामुहिक रुपमा पालैपालो दर खाई तीज मनाई रहेका छन् ।

सोही अनुरुप मंगलबार सञ्चिता आचार्यको निवासमा सामुहिक रुपमा दर खाई तीज पर्वलाई भव्य रुपमा मनाएका छन् ।

महिलाहरूले हर्सोल्लासका साथ नाचगान गर्दै आफ्नो महान पर्वलाई मनाएका हुन ।

पहिले एक दिन मात्र दर खादा र नाचगान गर्दा त्यति रमाइलो हुदैनथ्यो , माइत जानुपर्ने चटारोले आफ्नो गाउँ घरमा रमाइलो गर्न पाईदैनथ्यो तर अहिले पालैपालो सामुहिक रुपमा दर खाई नाचगान गर्दा निकै रमाइलो हुने गरेको गोमा कोइराला बताउँछिन् ।

यसैगरी कञ्चनरूप – ९ मन्दिर टोल , कञ्चनरूप -१२ प्रगति टोल रुपनगर चौकका महिलाहरूले रंगिचंगि नेपाली भेषभुषामा सजिएर सामुहिक रुपमा दर खाई नाचगान गरी आफ्नो पर्वलाई भव्य रुपमा मनाएको सुमा अधिकारीले बताइन् ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com