सप्तरीको खडग नगरपालिकाको विसनपुरमा जितिया महोत्सव भव्य रुपमा सम्पन्न

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , ५ असोज ।

सप्तरीको खडग नगरपालिकाको विसनपुरमा आइतबार आयोजित २०७६ सालको जितिया महोत्सव कार्यक्रममा भव्य रुपमा सम्पन्न गरेको छ ।

कार्यक्रम उद्घघाटन प्रदेश नं.२का उपसभामुख उपमा देव,  प्रदेश सभा सदस्य गोविन्द न्यौपाने र सांसद रुवी कर्ण ले सामुहिक रुपमा उद्घाटन गरेका थिए ।

जितिया महोत्सव कार्यक्रममा बोल्दै प्रदेश नम्बर २ की उप-सभामुख उपमा देवले यस पर्वले महिला दिदीबहिनीहरुलाई एक भई अगाडि बढ्न प्रेरणा मिलोस भन्ने शुभकामना दिदै महिलाहरू पनि विकास निर्माणका कार्यमा अगाडि बढ्न आग्रह गरिन ।


प्रदेश नम्बर २ का सांसद गोविन्द न्यौपानेले यो जितिया पर्वले सबैलाई एकताको सूत्रमा बाँध्ने काम गर्ने र यस पर्वले महिलाहरूलाई एकताबद्ध भई अगाडि बढ्नुपर्ने प्रेरणा मिलोस भन्ने शुभकामना दिए ।
त्यसैगरी प्रदेश नम्बर २ की सांसद रुवी कर्ण लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

महोत्सवका केही तस्बिरहरू :

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com