सप्तरीको चांदनी चौकमा कारले मोटरसाइकललाई ठक्कर दिदा २ जना सख्त घाइते

बृजमान तामाङ

बिरेन्द्र बजार २० भदौ ।

पुर्ब पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाई कृष्णासवरन गाउँपालिका वडा नम्बर २ स्थित चांदनी चौकमा शुक्रबार कारले मोटरसाइकललाई ठक्कर दिदा २ जना सख्त घाइते भएका छ्न ।

पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको बा ६ च ५१४७ नम्बरको कारले बाटो काट्दै गरेको स ७ प ९६९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा स्थानीय ३५ बर्षिय बिजय चौधरी र ३९ बर्षका रमानन्द चौधरी गम्भीर गाईते भएका हुन ।

घाइते दुबैजनालाई स्थानीयबासीको सहयोगमा प्रहरीले कंचनरुप स्थित धर्मेश्वर अस्पतालमा उपचारका लागि पठाएका छन । घाइतेहरुको धर्मेश्वर अस्पतालमा प्रथामिक उपचार पश्चात् थप उपचार का लागि बिराटनगर स्थित न्युरो अस्पतालमा पठाएको प्रहरीले जनाएको छ ।

घाइते मध्ये मोटरसाईकल चालक बिजय चौधरीको अवस्था गम्भीर रहेकोे प्रहरीले बताएका छ्न । उनको आईश्युमा राखेर उपचार भईरहेको ईलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।

ठक्कर दिने कार र चालक ईलाका प्रहरी कार्यालय कंचनपुरको नियन्त्रणमा रहेकोे ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्राले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com