सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बेवारिसे अवस्थमा राखिएको लागूऔषध र हतियार फेला

राजविराज, २२ पुस । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर ३ स्थित गोबिन्दपुरबाट सशस्त्र प्रहरी बल बेश क्याम्प गोबिन्दपुरले बेवारिसे अवस्थमा राखिएको लागूऔषध र हतियार फेला परेको छ ।

प्रहरी निरीक्षक नविन बुढाथोकीको कमाण्डमा खटिएको गस्ती टोलीले शनिबार बाँसको झ्याङमा प्लाष्टीकको झोलामा डाईलेक्स डि.सि.१०० एमेलकोे १५ पिस र कटुवा पेस्तोल एक थान र सोमा प्रयोग हुने गोली २ राउण्ड पोका पारी बेवारिसे अवस्थमा फेला परको सप्तरी प्रहरीले जनाएको छ ।
बरामद भएका लागूऔषध र हतियार सोमबार जिल्ला प्रहरी कार्यालय सप्तरीको जिम्मा लगाएको छ । यस बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीले जानकारी दिए । #Greenmadhesh

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com