सप्तरीको जण्डोलमा मंलबार समाचकेवा महोत्सव २०७६ भव्य रुपमा सम्पन्न

बृजमान तामाङ

बिरेन्द्र बजार, २६ कार्तिक । सप्तरीको जण्डोलमा मंलबार आयोजित समाचकेवा महोत्सव २०७६ लाई प्रदेश नम्बर २ का भुमि ब्यबस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले उद्वघाटन गरेका छन् ।

महोत्सव उद्वघाटन गर्दै मन्त्री साहले जनताको मतबाट बिजयी भएको रेसम चौधरीलाई हिरासतमा राख्नु थारु समुदाय प्रतिको अपमान भएको बताए । सांसद रेशम चौधरी निर्दोष रहेको बताउदै मन्त्री साहले थारु भएकै कारण षड्यन्त्र गरेर बिना अभियोग राज्यले फसाएको प्रष्ट पारे । टीका पुर घटना बिसुद्व राजनैतिक भएको जिकिर गर्दै मन्त्री साहले राजनैतिक तरहबाट नै सामाधान खोज्नु पर्नेमा जोड दिए ।

रेशम चौधरी निर्दोष रहेको दाबी गर्दै समाजवादी पार्टीका नेता समेत रहेका मन्त्री साहले अनुहार र जातको नाममा राज्यबाट भेदभाव कायम राखे मुलुकमा भयावह अवस्था आउने बताए । प्रदेश नम्बर २ सरकार उत्पीडित जाती समुदायको अधिकार र पहिचान स्थापित गर्दै अगाडी बढेको प्रष्टयाउदै संघीय सरकारद्वारा खोसिएको चाड्वाड बिदा प्रदेश सरकारले दिएर शोषित पिडित समुदाय प्रती सम्मान व्यक्त गरेको उनले बताए ।

अग्निसाईर कृष्णासवरन गाउँपालिकाका उपाध्यक्ष मिना चौधरीले सम्पुर्ण समुदायको संस्कृति संरक्षणमा गाउँपालिका पुर्ण तत्पर रहेको बताए । पौरानिक चाडको बिशेषतालाई उजागर गर्न प्रयास गरेकोमा उनले आयोजकलाई धन्यवाद व्यक्त गरे ।

समाजवादी पार्टीका नेता राम नारायण चौधरी (गुनानन्द) को अध्यक्षतामा आयोजित कार्यक्रममा समाजवादी पार्टीका केन्द्रिय सदस्य महेन्द्र प्रसाद चौधरी, आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ, थारु कल्याणकारी सभाका केन्द्रिय सदस्य दिल कुमारी चौधरी, सावित्री चौधरी, अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादव, समाजवादी थारु संघका केन्द्रिय सचिब राम प्रसाद चौधरी, समाजवादी पार्टीका जिल्ला सदस्य बिनोद चौधरी, अशोक चौधरी लगायतकाले शुभकामना मनतब्य व्यक्त गरे ।

शिक्षक बिन्तीलाल चौधरी र हृदय नारायण चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत वडा नम्बर १ का अध्यक्ष सुशील कुमार चौधरीले गरे । कार्यक्रममा थारु समुदायको विभिन्न पोशाक सहित सामाचकेवाको बिशेष्ताको झाकी र कलाकारहरुद्वारा गित तथा नृत्य प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com