सप्तरीको डाक्नेश्वरीमा एक युवकमा कोरोना संक्रमण पुष्टि भए पश्चात त्यहाँका जनसमूदाय त्रसीत

महेन्द्र सदा
पातो सप्तरी , ३१ वैशाख । डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ तरही हटैलमा एक १८ वर्षीय युवकलाई कोरोना भाइरस संक्रमण पुष्टि भए पश्चात त्यहाँका जनसमूदाय त्रसीत भएका छन् ।
कोरोना भाइरस (कोभिड–१९) का कारण डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ को कटैया , फत्तेपुर टोलका गाउँले युवाहरु आ–आफ्नो बचाउँका लागि सचेत रहन एक टोलबाट अर्को टोलमा बाहिरी अन्जान मानिसहरुको आवतजावतमा प्रवेश निशेध गरेका छन् ।
कोरोना भाइरसको त्रासले सबै सिमा वारिपारी जति सुरक्षा कडा बनाए पनि लुकिछिपि आउने जाने क्रम नरोकिए पछि झन त्रास बढेको स्थानियहरु बताउँछन् ।
युवाहरुले गरेको टोल प्रवेश निशेधको सवालमा पातो प्रहरी कार्यालयका प्रहरी इन्चार्ज धमेन्द्र सिंह र सिमा सुरक्षा सशस्त्र प्रहरी बल बेस क्याम्प पातोका इन्चार्ज दिनेश पाठकसँग सम्पर्क गर्दा आवश्यक पहल गर्ने बताए ।
युवाहरु संजय कुमार यादव , श्रवण यादव , जितेन्द्र यादव , रोहित यादव लगायतले २–४ दिन बाटो बन्द राख्ने र इमरजेन्सिमा मात्र बाटो खुलाउने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com