बृजमान तामाङ
बिरेन्द्र बजार २७ कार्तिक । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ तेरहौतामा बुधबार भब्य कार्यक्रमको बिच समाचकेवा पर्व मनाईएको छ ।
रुपनी गाउँपालिकाको सहयोगमा वडा नम्बर ६ द्वारा कार्यक्रम आयोजना गरेको हो । जानकी चौधरीको अध्यक्षता तथा रुपनी गाउँपालिकाका निमित्त अध्यक्ष गोबिन्द सिंह थापा मगरको प्रमुख आतिथ्य एबम प्रमुख प्रशासकीय अधिकृत ललन कुमार यादवको बिशिस्ट आतिथ्यमा कार्यक्रम आयोजना भएको थियोे ।
कार्यक्रममा शुभकामना दिदै प्रमुख अतिथि निमित्त अध्यक्ष मगरले समाचकेवा पर्व संरक्षणमा थारु महिलाहरुको ठूलो योगदान रहेको बताए । कार्यक्रमले सामाजिक रुपान्तरणमा टेवा पुगेको भन्दै गाउँपालिकाले थारु लगायतका सम्पुर्ण समुदायको संस्कृति जगेर्नामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमका बिशिस्ट अतिथि यादवले समाजमा बिदेशी संस्कृतिले नकारात्मक प्रभाव पर्दै गएको बेला नेपाली मौलिक संस्कृतिको उजागर गर्न कार्यक्रम सहयोगी भएको बताए ।
कार्यक्रममा पत्रकार बृजमान तामाङ, कुमार मान श्रेष्ठ, बिष्णु थापा, शुभ नारायण यादव , ओम प्रकाश मेहता रामाकान्त चौधरी, बद्री नारायण चौधरी, बुधनी देबि सदा, पुष्पा श्रेष्ठ लौगी लगायतकाले समेत शुभकामना मनतब्य व्यक्त गरे ।
कार्यक्रममा समाचकेवाको कथामा आधारित समाचकेवा गित प्रतियोगिता समेत गरिएको छ । प्रतियोगितामा विभिन्न गाउँका गरि ९ वटा समुहका सहभागीहरुले गित प्रस्तुत गरे ।
उक्त कार्यक्रममा समाचकेवाको रंगिचङि मुर्तिले सजावट गरि सयौ डाली लिएर थारु पहिरनमा सजिएकी थारु महिलाले झाकी निकालेका छ्न ।
सो कार्यक्रममा समाचकेवा कथामा आधारित नृत्य समेत प्रस्तुत गरिएको थियो । स्थानीय कंचन चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत सचिता कुमारी चौधरीले गरिन ।