सप्तरीको धर्मेश्वर महादेव पर्यटकीय स्थल धारापानी पिकनिक स्पोर्ट्समा वनभोज खानेहरुको भिड

उत्सव आचार्य

कञ्चनरुप सप्तरी , २२ मंसिर ।

वनभोजको मौसम सुरु भए लगत्तै प्रदेश नम्बर २ अन्तर्गत सप्तरी जिल्लाको पूर्वी उत्तरी भेगमा रहेको कञ्चनरुप – १२ धरमपुर स्थित रहेको धर्मेश्वर महादेव पर्यटकीय स्थल धारापानी पिकनिक स्पोर्ट्समा वनभोज खानेहरुको भिड बढ्न थालेको छ ।

प्रदेश २ कै पर्यटकीय स्थलको गन्तव्यको रुपमा विकास हुदै गएको धारापानी पिकनिक स्पोर्ट्समा वर्षौंनी वनभोज खानेहरुको संख्यामा वृद्धि हुदै गएको छ । विशेषगरी यस क्षेत्रमा बृद्धबृद्धा देखि युवायुवतीहरुको जमघट राम्रै हुन थालेको छ ।

प्राकृतिक वनस्पति , ढुङ्गे धारा , परेवा भिर , तिरतिरे धारा , दोभान , हरिन दह , विभिन्न प्रजातिका जीवजन्तूहरु को संगम स्थल धारापानी पिकनिक स्पोर्ट्समा घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरूको दिनानुदिन वृद्धि हुदै गएको छ । 

पर्यटकहरूको वृद्धि हुन थालेपछि यस क्षेत्रलाई राम्रोसँग विकास गरि अझ बढी पर्यटकहरु भित्र्याउने लक्ष्य रहेको १२ नम्बर वडाका वडा अध्यक्ष देवी बहादुर खत्रीले बताए ।

यस पर्यटकीय क्षेत्रलाई विकसित र सुधार गरि प्रदेश नम्बर २ कै नमुना बनाउन नगरपालिका लागि परेको नगर प्रमुख बसन्त कुमारले बताए ।

वनभोज खान धारापानी पिकनिक स्पोर्ट्स पुगेकी कञ्चनरुप – १२ की विनिता पोखरेलले धारापानी घुम्नका लागि असाध्यै राम्रो भएको बताइन् । यहाँ धारा , परेवा भिर दोभान , हरियाली जंगल , धर्मेश्वर महादेवको मन्दिर भएकै कारणले गर्दा पनि यहाँ वनभोज खान मज्जा आउने गरेको उनी बताउँछिन् । “टाढा जानु भन्दा नजिकै रमाइलो र मज्जाको वातावरण पाइएको छ “, उनी भन्छिन् सरकारले यो ठाउँलाई अझै व्यवस्थित बनाउँदै लैजानुपर्छ । बाटो मर्मत सम्भार , पार्किङको राम्रो व्यवस्थामा ध्यान दिए धारापानी पिकनिक स्पोर्ट्स अति सुन्दर हुने पोखरेल बताउँछिन् । 

दशै तिहार सकिए लगत्तै यस क्षेत्रमा वनभोज खानेहरुको लर्को लाग्ने गर्दछ र यो क्रम माघ , फागुन महिनासम्म चलिरहन्छ ।

विशेषगरी शनिबार र फस्ट जनवरीका दिन यस क्षेत्रमा वनभोज खानेहरुको उल्लेख्य मात्रामा भिड हुने गरेको पाईन्छ ।

वनभोज खानेहरुका लागि यस पर्यटकीय क्षेत्रमा पानी र दाउराको कुनै समस्या नभएका कारण ले गर्दा पनि यस ठाउँमा वनभोज खानेहरुको संख्यामा वृद्धि हुने गरेको पर्यटन क्षेत्रका अध्यक्ष लिल बहादुर मगर ( सोम ) ले बताए ।

यस पर्यटकिय क्षेत्रमा पहिलाको भन्दा अहिले धेरै सुधार भएका कारणले गर्दा वाह्य पर्यटकहरुमा वृद्धि हुदै गएको छ यश लाई अझ राम्रो रुपमा विकास र सुविधा सम्पन्न बनाउन आफूहरू लागि रहेका नगरपालिकाकि उपप्रमुख निरु पोखरेलले बताइन् ।

प्रत्येक दिन १०/१५ ग्रुप यस ठाउँमा वनभोज आउने गरगर्दछन् र विशेषगरी शनिबारका दिन चाप बढी हुने गरेको पाईएको छ ।

सबै मिलेर यसको पूर्वाधार बनाई विकास गर्ने हो भने सप्तरीको मात्र नभई प्रदेश नम्बर २ कै नमुना पर्यटकीय क्षेत्र बन्ने विश्वास व्यक्त गर्दछन बुद्धिजीवी दिपक गजुरेल । यस क्षेत्रको विकासका लागि आफू लागि पर्ने प्रतिबद्धता समेत जनाए । आफू जन्मेको हुर्केको ठाउँ आफैंले गर्ने हो अरु आएर गर्दैनन् त्यसैले यस क्षेत्रका सम्पूर्ण सरोकारवालाहरु एकजुट भई यश क्षेत्रको विकासमा टेवा पुर्‍याउन आग्रह गर्दछन गजुरेल ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com