सप्तरीको पातोमा पोखरीमा डुबेर एक वृद्धको मृत्यु

महेन्द्र सदा

पातो सप्तरी , ३ असोज ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका -५ पातो टोलमा पोखरीमा डुबेर एक वृद्धको मृत्यु भएको छ ।

शुक्रबार बिहान ९:३० बजेको समयमा उक्त पोखरीमा त्यस गाउँका महिलाहरू जितिया पर्वको अवसरमा नुहाउन गएको बेला पोखरीको घाटको छेउमा एक वृद्ध मानिसलाई मृत अवस्थामा देखेपछि गाउँले प्रहरीलाई खबर गरेको स्थानीयले बताए ।

सोही ठाउँमा अन्दाजी ७५ वर्षीय वृद्ध मकुम मण्डलको मृत्यु भएको पातो प्रहरीले जनाएको छ ।

पोखरीमा डुबेर मण्डलको मृत्यु भएको र शव लाई पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज लगिएको ईलाका प्रहरी कार्यालय पातोका प्रमुख झनक बहादुर अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com