सप्तरीको बक्साहामा जीप दुर्घटना हुदा १ सञ्चारकर्मीको मृत्यु भएको छ भने ४ जना घाइते

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , ३२ साउन ।

सप्तरीको कञ्चनरूप ११ बक्साहामा शनिबार बिहान जीप दुर्घटना हुदा एक जना सञ्चारकर्मीको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

रुपन्देहीबाट विराटनगर तर्फ आउदै गरेको ५ जना सवार बा.१६ प २२३५ नम्बरको जीप पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनरूप ११ स्थित बक्साहामा दुर्घटना हुदा रुपन्देहीको तिलोलमा नगरपालिका ३ का ३५ वर्षीय रेडियो नेपालमा कार्यरत सञ्चारकर्मी डायलसन अधिकारीको मृत्यु हुनुका साथै ४ जना घाइते भएको ईलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।

४ जनालाई स्थानीय धर्मेश्वर हस्पिटल धरमपुरमा उपचार गरी थप उपचारका लागि विराटनगर पठाइएको र घाइते मध्ये चालक अशोक भण्डारीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

सञ्चारकर्मी अधिकारी सहितको टोली तिलोतमा नगरपालिकाले आयोजना गर्न लागेको लगानी सम्मेलनका लागि पूर्व तर्फ जादै थियो ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com