सप्तरीको बोदेबर्साइनबाट रु १ लाख बढी मुल्यको पटाका बरामद

राजविराज । सप्तरीको बोदे बर्साइन नगरपालिकाबाट रु १ लाख बढी मुल्यको पटाका नियन्त्रण लिएको छ ।

सशस्त्र प्रहरीको टोलीले बोदे बर्साइन नगरपालिका ९ स्वर्णपट्टीबाट उक्त पटाका जन्य सामग्रीहरु नियन्त्रणमा लिएको हो । भारतबाट ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरीले विभिन्न २४ किसिमका पटाका बरामद गरेको जनाएको छ ।

बरामद गरिएको पटका आवश्यक प्रक्रिया पुर्‍याएर स्थानीयबासिको रोहबरमा शुक्रबार खाल्डो खनी नष्ट गरिएको सशस्त्र प्रहरी बल ६ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक उद्धव न्यौपानेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com