सप्तरीको मटिगढामा पाँचौ पंचशिल फुटबल प्रतियोगिता शुरु

वृजमान तामाङ

विरेन्द्र वजार, १७ असोज । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ३ मटिगढामा पाँचौ पंचशिल फुटबल प्रतियोगिता शुरु भएको छ ।

स्थानिय रामजानकी खेलमैदान आयोजित प्रतियोगिताको अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले शुक्रबार एक समारोहका बीच उद्घाटन गरेको हो ।

रामजानकी युवा कल्ब मटिगढाद्वारा आयोजित उद्घाटन खेलमा वाईएफसी युवा कल्व शम्भुनाथ सप्तरीले जित हासिल गरेको छ ।

डिएफसी युवा कल्व उदयपुरलाई ट्राईवेकरमा पराजित गर्दै शम्भुनाथले जित सुनिश्चित गरेको हो । दुबै टिम बिच कडा प्रतिस्पर्धा रहेकोे खेलमा निर्धारित समय अबधिभर १-१ गोल गरि बराबरी भएको थियोे ।

प्रतियोगितामा राजदेवी युवा कल्व पडरिया राजबिराज, डांफे युवा कल्व फत्तेपुर, नव प्रभात युवा कल्व मुसहर्निया, नवयुवा कल्व लहर्निया, आरएफसी युवा कल्व राजबिराज र आयोजक गरि आठवटा टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष प्रमोद चौधरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com