राजविराज ।
सप्तरीको महदेवा गाउँपालिका वडा नम्बर २ स्थित विभिन्न व्यक्तिको आगन र बारीमा लगाएको अबैध गाजाको बोट आइतबार प्रहरीले फडानी गरी नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा जारी गरिएको सामुदायिक प्रहरी समझदारी अवधारणा कार्यक्रम अन्तर्गत प्रहरीले जिल्लाको विभिन्न ठाउँमा दैनिक रुपमा गाँजा फडानी गर्दै आएको छ ।
सोही अनुरुप ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरी टोलीले स्थानीयहरुले लगाएको १ हजार भन्दा बढी गाँजाको बोट प्रहरीले फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।