सप्तरीको महुलीमा छैटौं मुरारी स्मृति पच शिल्ड फुटबल प्रतियोगिता सुरु : सुनसरी धरानद्वारा मोहनपुर ६ गोलले पराजित

बृजमान तामाङ

बिरेन्द्र बजार, ५ कार्तिक । सप्तरीको महुलीमा मंगलबार छैटौं मुरारी स्मृति पच शिल्ड फुटबल प्रतियोगिता शुरु भएको छ ।

अग्निसाईर कृष्णसवरन गाउँपालिका ६ वडा नम्बर खेलकुद उत्थान समितिद्वारा आयोजित प्रतियोगिताको गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले एक समारोहको बीच उद्वघाटन गरेका हुन ।

आयोजक समितिका अध्यक्ष आर एन भुजेलको अध्यक्षतामा आयोजित उद्वघाटन समारोह गाउँपालिका उपाध्यक्ष मिना चौधरी, वडा नम्बर ६ का अध्यक्ष कुसुम आचार्य , स्वर्गीय मुरारीका पिता मोहन घिमिरे लगायतका स्थानीय जनप्रतिनिधिहरु, विभिन्न पार्टीका पदाधिकारीहरु, संचारकर्मिहरुको उपस्थिति रहेको थियो ।

स्थानीय युवा सरोज मगरद्वारा संचालित कार्यक्रममा वडा अध्यक्ष आचर्यले स्वागत मन्तव्य व्यक्त गरिन । सप्तरीका चर्चित फुटबल खेलाडी मुरारी घिमिरेको स्मृतिमा बिगत ६ बर्षदेखी संचालित फुटबल प्रतियोगितामा विभिन्न जिल्लाका गरि ८ वटा फुटबल टिम सहभागी रहेका छ्न ।

प्रतियोगितामा सिल्नसिल युवा कल्व धरान सुन्सरी, एम एफ सि बि मोहनपुर, मधुवनी युवा कल्व झुम्का सुनसरी, प्रोगेसिल युथ क्लब बद्रुराहा सप्तरी, चौदण्डी गढी ८ बेल्टार, चौतारी युवा कल्व, सिस्वारी, सि एफ एक्स चरंनी चोक बसाहा उदयपुर र अयोजक गरि ८ वटा टिमले सहभागिता जनाएको छ ।

उद्वघाटन खेलमा सुनसरी धरानले मोहनपुरलाई ०-६ गोलले पराजित गरेको छ । धरानका खेलाडीले खेलको पहिलो हापमामा निरन्तर ६ गोल गरेर टिमलाई अग्रता कायम राख्दै जित हासिल गरेका थिए ।

दोस्रो दिन बुधबार झुम्का सुनसरी र बद्रवा सप्तरीको बिच हुने आयोजकले जनाएको छ । फुटबल खेलमा बेग्लै पहिचान बनाएका सप्तरी महुलीका स्वर्गीय घिमिरेको करेन्ट लागेर अल्पायुमै मृत्यु भएको थियो ।

मुरारी स्मृति फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद २५ हजार र दोश्रो हुनेलाई १५ हजार नगर र शिल्ड प्रमाणपत्र, मेडल प्रदान गरिने जनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com