सप्तरीको राजविराजमा २६ वर्षदेखि हत्या गरिएका लोकेन्द्र बुढाथोकीको न्याय माग्दै मैनबत्ती प्रज्वलन

सप्तरी, २७ पुस : सप्तरीको राजविराजस्थित सहिद दशन चोकमा झमक्कै साँझ परेको छ, बिद्यार्थीहरू लहरै उभिएका छन, हात–हातमा मैनबत्ती लिएर ।
राजविराजमा २६ वर्षअघि हत्या गरिएका लोकेन्द्र बुढाथोकीको २६औं स्मृति दिवसका अवसरमा बिद्यार्थीहरू मैनबत्ती प्रज्वलन गर्न उपस्थित भएका हुन् । अनेरास्ववियु सप्तरीले तत्कालिन जिल्ला सचिव एवम् पत्रकार बुढाथोकीको हत्यारा पत्ता लगाई न्याय दिन माग गर्दै २६ वर्षदेखि प्रत्येक वर्ष कार्यक्रम गर्दै आएको छ ।

सप्तरीको राजविराजमा २६ वर्ष अघि हत्या गरिएका लोकेन्द्र बुढाथोकीप्रति मैनबत्ति बालेर श्रद्धाञ्जली दिँदै अनेरास्ववियुका कार्यकर्ताहरू । तस्बिर : मनोहर पोखरेल

कार्यक्रममा उपस्थित सबैजनाले मौनधारण गरेर बुढाथोकीप्रति श्रद्धाञ्जली गरे । तर अध्यारोमा बलेको मैनबत्तीले उज्यालो र मौनधारणले राज्यसँग न्याय मागिरहेको अनेरास्ववियु सप्तरीका अध्यक्ष ललित रजकले बताए ।
सल्यान जिल्लाको कोटमौला गाविसमा जन्मिएका बुढाथोकीको बाल्यकाल सप्तरीमै बित्यो । कक्षा १ देखि नै राजविराजमा पढेका बुढाथोकीले सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका थिए । नबीन साप्ताहिकबाट कलम चलाउन सुरु गरेका बुढाथोकी राजविराजबाट प्रकाशित सगरमाथा आवाज साप्ताहिकका सहसम्पादक र राजधानीबाट प्रकाशन हुने दृष्ट्रि साप्ताहिकका सम्वाददाता थिए । सप्तरीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका लोकेन्द्र बुढाथोकीको शव ०५० पुस २७ गते राजविराज ७ स्थित डेरामा फेला परेको थियो । प्रेस स्वतन्त्रता र लोकतान्त्रिक गणतन्त्रका लागि निष्ठा र समपर्णका साथ संलग्न रही निर्भिकताका साथ कलम चलाउने पत्रकार लोकेन्द्र अनोस्ववियुका तत्कालिन जिल्ला सचिव समेत थिए ।
भ्रष्टाचार र विसंगतिविरुद्ध कलम चलाउँदा पटक–पटक आक्रमणको शिकार बनेका खोजमूलक पत्रकार बुढाथोकीको स्मृतिमा वर्षेनी अनेरास्ववियु र नेपाल पत्रकार महासंघ सप्तरीले कार्यक्रम गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com