सप्तरीको रुपनगरमा आँखा अस्पताल बन्ने पक्का

उत्सव आचार्य
कञ्चनरुप सप्तरी , २१ साउन । तिलगंगा आँखा अस्पताल काठमाडौँले सप्तरीको कञ्चनरुप १२ रुपनगर चोकमा शाखा खोल्ने भएको छ ।
कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र र कञ्चनरुप नगरपालिकाको सहयोगमा तिलगंगा आँखा अस्पतालको शाखा खोल्न बुधवार काठमाडौँमा सहमती हस्ताक्षर सम्पन्न भएको छ ।
तिलगंगा आँखा अस्पताल काठमाडौँमा कञ्चनरुप नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज खड्का , कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रका व्यवस्थापन समितिका अध्यक्ष प्रकाश दाहाल र तिलगंगा आँखा अस्पतालका प्रतिनिधिहरुले सहमति पत्रमा हस्ताक्षर गरेपछि रुपनगरमा आँखा अस्पताल बन्ने पक्का भएको हो ।
यस अघि तीन पटक तिलगंगा आँखा अस्पताल (नेत्र प्रतिष्ठान) काठमाडौँको सहयोगमा कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र कञ्चनरुप १२ रुपनगरमा आँखाको शिविर सम्पन्न भई करिब ३ हजार जनाले स्वास्थ्य लाभ लिइसकेका छन् ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com