सप्तरीको रुपनगर भ्यालेन्टाइनमा संगीतमय बन्यो

उत्सव आचार्य
कञ्चनरुप सप्तरी , फागुन ३ गते । प्रेम दिवश २०२० को अवसरमा शुक्रवार सप्तरीको कञ्चनरुप १२ रुपनगर स्थित रहेको पार्टी प्यालेसमा विविध साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
विकृति विसङ्गतीको अन्त्य गर्दै नयाँ सोच र उमंगका साथ युवाहरु सहि बाटोमा अगाडि बढ्नुपर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको पार्टी प्यालेसका प्रोपाइटर केवल खत्रीले बताए ।
कार्यक्रममा ख्याती प्राप्त गायिका तथा गायकहरु रवि रिमाल , निर्नय श्रेष्ठ , प्रमिला तामाङ , शेखर वाग्ले , प्रतिक अधिकारी लगायतका कलाकारहरुले गीत गाएर उपस्थित दर्शकहरुलाई भरपूर्ण मनोरञ्जन दिलाएका थिए ।
चरी उड्यो बादल छुनलाई , म त कालो रेलको घुवाले , गाउँले जीवन , म नेपाली , फनके रोटी थालैमा , धनी बाउको एक्लो छोरो , आमा जस्ता प्रसिद्ध गीतहरु गाएर मनोरञ्जन दिएका थिए ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com