सप्तरीको शम्भुनाथधाममा सोमवार सन्तगुरु कवीर साहेबको मुर्ती अनावरण

बृजमान तामाङ
विरेन्द्र वजार सप्तरी , ०९ वैशाख । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्वर ३ स्थित शम्भुनाथधाममा सोमवार सन्तगुरु कवीर साहेबको मुर्ती अनावरण गरिएको छ ।
सदगुरु कवीर आश्रम परिसरमा निर्मित मुर्ती सन्त शिरोमणी जिवछ दास साहेबजी महाराजले एक कार्यक्रमको बिच अनावरण गरेका हुन् । 

सप्तरीको एतिहासिक शम्भुनाथ मन्दिरको छेउमा रहेको आश्राममा वैशाख ९ देखि १५ गतेसम्म हुने सप्ताहब्यापी श्रीमद् भागवत कवीर भगवद पुराण महाज्ञान यज्ञको शुभारम्भ समेत जिवछ दास साहेबले गरेका छन् । सदगुरु कवीर आश्रम शम्भुनाथधामद्वारा आयोजित महाज्ञान यज्ञ सन्त शिरोमणी जीवछ साहेब र देशविदेशका चर्चित महाराजहरुले एक हप्तासम्म प्रवचन दिने आयोजकले जनाएको छ ।

सोही आश्राममा नवनिर्मित सतसंघ प्रवचन मञ्चको उद्घाटन कवीर सद विचार महामण्डलका केन्द्रीय अध्यक्ष महाराज राजेन्द्र दास महाराजले गरे । धर्मशाला पवित्र कुण्डको उद्घाटन महाराज नाथुदास साहेवजी महाराजले गरेका छन् । 
एकहप्तासम्म सञ्चालन हुने महाज्ञान यज्ञको लागि प्रत्येक दिनको भण्डारणको ब्यवस्थापनको जिम्मेवारी राजविराज, रुपनी, सुरुङ्गा, शम्भुनाथ, खडक गाउँ तथा नगरपालिकाका कबीरका अनुयायीहरुले गरेको सदगुरु कवीर आश्रम शम्भुनाथधामका संस्थापक सदस्य सन्त कन्तलाल दास साहेबजीले जानकारी दिए ।

यज्ञमा प्रवचनको साथै कवीर लिला नाटक मञ्चन समेत हुने जनाएको छ । यज्ञ उद्घाटन अघि भोगर दहबाट जल भरेर सयौको सङ्ख्यामा कलश यात्रा निकालेर आश्रममा पुगेर विसर्जन गरेका थिए ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com