सप्तरीको सितापुरमा ट्याक्टर पल्टिदा एकको मृत्यु चार घाइते

कञ्चनरूप सप्तरी , ११ वैशाख ।

फलामको रड लिएर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्याक्टर पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सितापुरमा  दुर्घटना हुदा सोही ट्याक्टरका कामदारको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–३ बस्ने ४० वर्षीय शिवकुमार मण्डल रहेको प्रहरी निरीक्षक गुरु तिमल्सिनाले बताए ।

         घाइतेहरुको अग्निसाईर कृष्णसवरण गााउँपालिका–४ स्थित महुली बजारमा रहेको अहिर अस्पतालमा उपचारको लागि भर्ना गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

   दुर्घटनाको कारण खुलेको छैन भने ट्याक्टर सडकको छेउमा पल्टेको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com