सप्तरीबाट ठूलो परिमाणमा लागूऔषधसहित एक युवक पक्राउ

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , १७ भदौ ।

जिल्ला प्रहरी कार्यालय सप्तरी राजविराजबाट खटि गएको प्रहरी टोलीले सोमबार लागूऔषध सहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ ।

सादा पोसाकमा खटिएको प्रहरी टोलीले राजविराज -१६ स्थित वागेश्वरी मन्दिर अगाडि शंका लागि चेकजाँच गर्दा राजगढ गाउँपालिका -६ बस्ने वर्ष ३८ को अशोक यादवले मोटरसाइकलमा ल्याउँदै गरेको ग्यासको सिलिन्डरको पिदमा प्वाल बनाई अबैध रुपमा १ सय एम.एल को १ सय ४० बोतल डाइलेक्स डि.सी. सिरप लागूऔषध ल्याउँदै गरेको अवस्थामा यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका निमित्त प्रमुख डिएसपी मकेन्द्र कुमार मिश्रले बताए ।

लागूऔषध सहित यादवलाई मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com