सप्तरीमा आर्थिक वर्ष २०७५/०७६ मा दुर्घटनाबाट ६९ जनाको मृत्यु

राजविराज । सप्तरीमा एक आर्थिक वर्षमा दुर्घटनाबाट ६९ जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा भएको दुर्घटनाबाट ६९ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४८ जना पुरुष , १७ जना महिला , ३ बालक र १ बालिका रहेका छन् ।

यो अवधिमा ट्राफिक प्रहरी कार्यालयले रु १ करोड ४७ लाख ४४ हजार ५ सय राजस्व संकलन गरेको छ । जसमा ५ हजार २ सय ३३ ट्रक , ४ हजार ८६ बस , ३ हजार ७ सय ७० जिप कार , २ हजार ९ सय ६८ ट्याक्टर , १२ हजार ३ सय ५९ मोटरसाइकल र १ हजार ७४ वटा अन्य सवारीसाधनलाई कार्वाही गरेको जिल्ला ट्राफिक कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com