सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुग्यो ;होम क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा पोजेटिभ

कञ्चनरुप सप्तरी , साउन २१ गते । सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।
रुपनी गाउँपालिका ५ स्थित गढियामा डेढ् महिनाअघि मलेसियाबाट आएका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका ती पुरुषलाई मंगलबार एक्कासी ज्वरो र श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको थियो । यहाँ उपचार हुन नसकेपछि धरानतर्फ पठाइएपछि त्यसतर्फ जाने क्रममा बाटोमै मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले बताए ।
कोरोनाको आशंका गरिएका मृतकको पीसीआर परीक्षणको लागि स्वाब लिई गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

यस्तै छिन्नमस्ता अस्पतालमा मंगलबार राति मृत्यु भएका दुई जनाको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालका मेसु झाले बताए ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com