सप्तरीमा छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा करिब १ लाख ५० हजारको क्षति

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , २६ कार्तिक ।

सप्तरीको छुट्टाछुट्टै स्थानमा मंगलबार आगलागी हुँदा करिब १ लाख ५० हजारको क्षति हुनुका साथै एक बालिका बेहोस भएकी छन् ।

करिब १२ बजेको समयमा बिष्णुपुर गाउपालिका -१ खुरहुरिया बस्ने सीताराम यादवको फुसको भान्सा घरमा खाना पकाउने क्रममा चुल्होबाट आगो सल्किन गई आगलागी हुदा उक्त फुसको घर आंशिक रुपमा जलेको र सो घरभित्र रहेको लत्ताकपडा , अन्नपात गरी अन्दाजी रु ४५ हजार बराबरको क्षति हुन गएको र आगो लागेको देखेर यादवकी छोरी १६ वर्षीय संगीता कुमारी यादव बेहोस भई स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

स्थानीय बासी र प्रहरीले आगोलाई दिउँसो १२ बजे पूर्ण नियन्त्रणमा लिएका थिए ।

त्यसैगरी रुपनी गाउपालिका -३ मकरी टोलमा बिहान करिब ९ बजेको समयमा विनोद कुमार मण्डलको १ तले टिनको छानो भएको फुसको घरमा विद्युतको तार सर्ट भई आगलागी हुदा उक्त घर आंशिक रुपमा जलेको र सो घरभित्र रहेको लत्ताकपडा , अन्नपात , स्याम्सुङको मोबाइल १ थान गरी करिब १ लाख ५ हजार मुल्य बराबरको सामान जलेर नष्ट भएको र आगोलाई प्रहरी र स्थानीय बासीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com