सप्तरीमा छुट्टाछुट्टै स्थानमा भब्यताको साथ मनाईयो माघी

बृजमान तामाङ

बिरेन्द्र बजार, १ माघ । सप्तरीमा बुधबार छुट्टाछुट्टै स्थानमा थारु समुदायले विभिन्न कार्यक्रम आयोजना गरि माघे संक्रान्ती(माघी) पर्व मनाएका छ्न ।

थारु समुदायको साँस्कृतिक पहिचान झल्कने कार्यक्रम र महोत्सवको आयोजना गरि थारु समुदायले माघे संक्रान्ती पर्व मनाएका हुन । थारु समुदायको पहिचानसंग जोडिएको माघी पर्व थारु कल्याणकारी सभा सप्तरीको आयोजना, कन्चनरुप नगरपालिकाको सुब्बाटोलमा भब्यतापुर्वक मनाईएको छ ।

थारु कल्याणकारी सभा कंचनरुप नगरपालिका सह आयोजक रहेको माघी महोत्सवको ब्याबस्थापन कंचनरुप नगरपालिका ३ सुब्बाटोल बरमझियाले गरेका छ्न ।

थारु कल्याणकारी सभा सप्तरीका अध्यक्ष शिव नारायण चौधरीको अध्यक्षतामा आयोजित माघी महोत्सवको उद्वघाटन कार्यक्रमका प्रमुख अतिथी सप्तरी क्षेत्र नम्बर ३ का साँसद चन्द्रकान्त चौधरीले एक समारोहका बिच गरे ।

कार्यक्रममा शुभकामना मनतब्य व्यक्त गर्दै चौधरीले थारु लगायत आदिवासी जनजातिको पहिचानका लागि एकजुट हुनुपर्नेमा जोड दिए ।

संघीय साँसद सरिता गिरिले मघे संक्रान्तीको संरक्षणमा राज्यले ठोस योजना ल्याउनु आबश्यक रहेको बताईन ।

नेपाल आदिबासी जनजाति महासंघका पुर्व अध्यक्ष राज कुमार लेखीले ओलि सरकारले आदिवासी आन्दोलनबाट प्राप्त उपलब्धि खोस्दै गएको आरोप लगाए । उनले विभिन्न आन्दोलनको बलमा प्राप्त उपलब्ध र बाँकी अधिकार प्राप्तिको लागि आन्दोलन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कंचनरुप नगारपालिकाका प्रमुख वसन्त कुमार मिश्रा, सुरुङ्गा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरी, तिरुहुत गाउँ पालिकाका अध्यक्ष हेमन्त बहडखेर, अग्निसाईर कृष्णा सवरन गाउँपालिकाका उपाध्यक्ष मिना चौधरी, थारु आदिबासी जनजाति महासंघ सप्तरी का अध्यक्ष बृजमान तामाङ ,कल्याणकारी सभाका केन्द्रीय सदस्य सावित्री चौधरी, दिल कुमारी चौधरी, रामवती चौधरी, नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सन्तमान गोले,थारु नेता डा. ललन चौधरी, प्राध्यापक महेश चौधरी, डा. कबिरदास चौधरी लगायतकाले शुभकामना मनतब्य व्यक्त गरे ।

यसैगरी थारु कल्याणकारी सभा सप्तरी क्षेत्र नम्बर ३ को आयोजनामा शम्भुनाथ नगरपालिका ९ बसवलपुरमा समेत माघी महोत्सव आयोजना गरियो ।

महोत्सवको प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले एक समारोहका बिच उद्वघाटन गरे ।

महोत्सव उद्वघाटन गर्दै मुख्यमन्त्री राउतले माघी पर्वले राष्ट्रिय एकतामा थप बल पुगेको बताए । देशको गहनाको रुपमा रहेको साँस्कृतिक पर्वहरु रक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए ।

मुलुक परिबर्तनमा थारु समुदायको ठूलो योगदान रहेको चर्चा गर्दै मुख्यमन्त्री राउतले पहिचानको मुद्वा स्थापित गर्न माघी महोत्सवले सहयोग पुर्‍याएको बताए ।

थारु कल्याणकारी सभा क्षेत्र नम्बर ३ का सभापति सिमृक लाल चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजवादी पार्टीका केन्द्रिय सदस्य बिनोद चौधरी, अशोक कुमार चौधरी, राष्ट्रिय परिषद सदस्य कन्तलाल चौधरी, आदिबासी नेता पुर्ण प्रसाद चौधरी लगायतकाले शुभकामना मनतब्य व्यक्त गरे ।

यसैगरी अग्निसाईर कृष्णासवरन गापा वडा नम्बर ६मा समेत मघी महोत्सव आयोजाना गरिएको छ । स्थानीय अम्बिका जोशीको अध्यक्षता मा आयोजित महोत्सवको थारु कल्याणकारी सभाका केन्द्रिय सदस्य सावित्री चौधरी र अग्निसाईर कृष्णासवरन गाउँपालिकाका उपाध्यक्ष मिना चौधरीले संयुक्त रुपमा महोत्सवको उद्वाटन गरेको आयोजकले जनाएको छ ।

महोत्सवमा थारु पहिचान झल्कने गित तथा नृत्य,थारु परिकार र थारुका एतिहासिक पुरातात्त्विक बस्तुहरुको स्टलहरु राखी पर्दशन समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com