सप्तरीमा जाडोले कठ्याङ्ग्रीएर एकको मृत्यु

शिव प्रसाद आचार्य
फत्तेपुर सप्तरी , २५ पुष । सप्तरीमा जाडोले कठ्याङ्ग्रीएर एक जनाको मृत्यु भएको छ ।
केही दिन यत बढेको चिसोका कारण सप्तरीको सप्तकोसी नगरपालिका वडा नं. ५ गङ्गाजलीमा एक जनाको गएराती कठ्याङ्ग्रिएर मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तकोसी नगरपालिका ५ गङ्गाजली घर भएक ६३ वर्षिय जगदिस सदा हुन्।
बिहिवार राती खाना खाएर सुतेका सदाको ११ बजे तिर जाडोले कठ्याङ्ग्रिएर मृत्यु भएको वडा नं. ५ का वडा सदस्य जंग बहादुर सुवेदीले बताए।
मृतक सदाको ओडने र ओछ्याउने राम्रो लता कपडा नभएपछि चिसोले मृत्यु भएको सुवेदीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com