सप्तरीमा थप १ जनामा कोरोना पुष्टि : नेपालमा संक्रमितको संख्या भने ५ सय १६ पुग्यो

सप्तरी । सप्तरीमा थप १ जनामा कोरोना पुष्टि भएको छ । बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा सप्तरीको बलान बिहुल गाउँपालिका ३५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बेलुका ८ः१५ बजे थप ९ जना थपिएका हुन् । जुन मकवानपुर हेटौडा वडा नम्बर ३ की ५४ वर्षीय महिला , भक्तपुर ९ की ४२ वर्षीय महिला , सप्तरीका ३५ वर्षीय पुरुष , बारा सिमरनगढ नगरपालिकाका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका पुरुषहरु रहेका छन् ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यो सहित आज मात्रै नेपालमा ५९ जनामा कोरोना पुष्टि भएको छ । कुल संक्रमितको संख्या भने ५ सय १६ पुगेको छ । जसमध्ये ७० जना उपचारपछि घर फर्कीएका छन् भने ३ जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com