सप्तरीमा बिहिबार साझ थपिए १८ कोरोना संक्रमित ;संक्रमितको संख्या ५५८ पुग्यो

कञ्चनरुप सप्तरी , २२ साउन । सप्तरीमा बिहिबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा संक्रमितको संख्या ५ सय ५८ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार बिहिबार छिन्नमस्ता ४ का २५ बर्षिया महिला , वडा नं. ५ का दुई जना उमेर नखुलेका पुरुष , राजविराज नगरपालिकाको वडा नखुलेको ४०, ४०,३१ र ३८ बर्षिय पुरुष, राजविराज ४ का ३३ बर्षिय पुरुष र ५५ बर्षिया महिला, रुपनी ६ का २४ बर्षिय पुरुष, महादेवा गाउँपालिका वडा नं. २ का ३७,३७, ३६ र ३४ बर्षिय पुरुष , तिलाठी कोइलाडी गापा २ को उमेर नखुलेको ३ जना पुरुष, वडा नं. ७ का उमेर नखुुलेका एक जना पुरुषमा कोरोना पोजिटिभ देखिएको छ ।
सप्तरीमा बिहीबारसम्म संक्रमितको संख्या ५ सय ५८ रहेको छ । जसमध्ये ३ सय ७९ जना सङ्क्रमितहरू निको भई घर फर्किसकेका छन् । १ सय १० जना आइसोलेसनमा उपचाररत छन् ।
जिल्लामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com