सप्तरीमा बिहीबारसम्म संक्रमितको संख्या ५३९ ; निको हुनेको संख्या ३७९

सप्तरी , साउन २२ गते । सप्तरीमा बिहीबारसम्म संक्रमितको संख्या ५ सय ३९ रहेको छ । जसमध्ये ३ सय ७९ जना सङ्क्रमितहरू निको भई घर फर्किसकेका छन् । १ सय १० जना आइसोलेसनमा उपचाररत छन् ।
बिहिबार सप्तरीमा ४३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
कोरोना सङ्क्रमणबाट मृत्यु भएका बृद्धका परिवारका पाँच जना, छिमेकी र सीधा सम्पर्कमा आएका एक नर्स दम्पतीसहित ४३ जनाको पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । उनीहरूलाई गएराति आइसोलेसनबाट डिस्चार्ज गरी घर पठाइएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
जिल्लामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com