सप्तरीमा भरुवा बन्दुक सहित दुई शिकारी पक्राउ

हेमशंकर सिंह, राजविराज भरुवा बन्दुक प्रयोग गरी शिकार गरिरहेका दुई शिकारीलाई सप्तरी प्रहरीले सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाबाट पक्राउ गरेको छ ।

हनुमाननगर कंकालनी नगरपालिका. वडा न. १ गोरपारमा भरुवा बन्दुकले शिकार गरिरहेका जिल्लाकै कञ्चनरुप नगरपालिका १ मलकोर बस्ने ४० वर्षीय वावुलाल चौधरी र सप्तकोशी नगरपालिका वडा न. १० बस्ने ३० वर्षीय रविन तमाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल भारदह सुरक्षा वेसक्याम्पबाट खटिएको गस्ती टोलीले भरुवा बदुकले सिकार खेलिरहेको अवस्थामा उनीहरुलाई बन्दुक, बारुद र २५ थान छर्रासहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीले बताए ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com