सप्तरीमा भव्यताका साथ महा–शिवरात्री मनाईदैँ

उत्सव आचार्य
कञ्चनरुप सप्तरी , फागुन ९ गते । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व शुक्रवार सप्तरीमा भव्यताकासाथ मनाइएको छ ।

महा शिवरात्रीको अवसरमा शुक्रवार सप्तरीको कञ्चनरुप नगरपालिका भित्र रहेका शिवालयहरुमा पूजापाठ गर्ने भक्त जनहरुको उल्लेख्य मात्रामा भिड लागेको छ ।
कञ्चनरुप–१२ धरमपुर स्थित रहेको धर्मेश्वर महादेव मन्दिर , रुपनगर स्थित रहेको त्रिमार्ग शिवालय मन्दिर, कंचनपुर ११ बक्साहा स्थित रहेको शिवालय मन्दिर , कञ्चनरुप ८ कंचनपुर स्थित रहेको शिवालय मन्दिर , कञ्चनरुप ६ बलुवा घोघनपुर स्थित रहेको भजनेश्वर महादेव मन्दिर लगायतका शिवालयहरुमा बिहानै देखि पूजापाठ गर्ने भक्तजनहरुको उल्लेख्य मात्रामा भिड लागेको थियो ।

यो पर्व गर्नाले पति र सन्तानको दिर्घायु तथा परिवारमा सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको छ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक रहेको हो ।

कञ्चनरुप १२ धरमपुर स्थित रहेको धर्मेश्वर महादेवको मन्दिरमा रुद्रि पाठ गर्नुका साथै बेलुका लाखबत्ती समेत बालिएको धमेश्वर महादेव धारापानी पर्यटकिय क्षेत्रका अध्यक्ष लिलबहादुर मगरले बताए । सोहि ठाउँमा भव्य मेला समेत लागेको थियो ।
धर्मेश्वर महादेव मन्दिरमा महा शिवरात्री र बाला चतुर्दशीका दिन भव्य मेला लाग्ने गर्दछ ।
मेलामा कञ्चनरुप नगरपालिका लगायत छिमेकी पालिकाहरुबाट भक्तजनहरु मेलामा आउनुका साथै मन्दिरमा पूजापाठ समेत गरेका पर्यटन क्षेत्रका अध्यक्ष मगरले बताए ।

साथै रुपनगर स्थित रहेको त्रिमार्ग शिवालय मन्दिरमा भक्तजनहरुले भजन कृतन समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com