सप्तरीमा मोटरसाइकलले ठक्कर दिदा  एक साइकल यात्रीको मृत्यु

कञ्चनरूप सप्तरी , २८ साउन ।

सप्तरीमा मोटरसाइकलले ठक्कर दिदा  एक साइकल यात्रीको मृत्यु भएको छ ।

सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिक १, घोघिदह घर भएका वर्ष ६५ को मोतिलाल चौधरीलाई मोटरसाइकलले ठक्कर दिएको हो ।

पूर्व जाँदै गरेको अवस्थामा सुनसरीको इनरुवा नगरपालिका २, कुसुमगाछिका रोशन थापा सवार  को३४प ८३३७ नम्बर  मोटरसाइकलले अग्निसाइर कृष्णासवरण गाउँपालिका १, जण्डौलमा सडकमै रहेको गाईलाई ठक्कर दिएपछि अनियन्त्रित भएर साइकलयात्री चौधरीलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मोटरसाइकलको ठक्कर दिदा चौधरी र गाई दुवैको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

थापा इलाका प्रहरी कार्यालय भारदहमा प्रहरी जवान पदमा कार्यरत छन् ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com