सप्तरीमा राजस्थानबाट आएकी ४० वर्षिय एक महिला आइसोलेसनमा भर्ना

सप्तरी , चैत्र २२ गते । सप्तरीमा दुई साता अघि राजस्थानबाट आएकी ४० वर्षिय एक महिलामा कोरोनाको लक्षण देखिएको छ ।
तत्कालै उनलाई आइसोलेसनमा भर्ना गरी स्वाब परीक्षण गर्न धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जनाइएको छ ।
भारतको राजस्थानबाट दुई साता अघि उनी कञ्चनरुप नगरपालिका स्थित घर आएकी थिईन् ।
महिलालाई राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा भर्ना गरी स्वाब परीक्षणकालागि पठाईएको हो ।
उनका पतिलाई समेत निगरानीमा राखिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com