सप्तरीमा हात्तीले दु:ख दिएपछि पीडितहरुले गरे अग्निसाईरको सामुहिक पूजा

बृजमान तामाङ

बिरेन्द्र बजार, १० मंसिर ।

सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकामा हात्ती लगायतका जंगली जनावरले दिनहु दु:ख दिनथालेपछी अग्निसाईर मन्दिरमा मंगलबार स्थानीयले सामुहिक पूजाको आयोजना गरेका छन् ।

गाउँमा दैबी प्रकोप र बिपत्ति आएमा अग्निसाईर मन्दिरको पूजा गरे शान्ति हुने धार्मिक बिश्वास रहेकोले स्थानीयले चन्दा संकलन गरेर सामुहिक पूजा गरेका हुन ।

हात्ती बाँदर सहित जंगली जनावरले बालीनाली नष्ट गर्नुको साथै ज्यान समेत जोखिममा पर्नथालेपछि शान्तिको कामाना गर्दै पूजा गरेको पीडितहरुले बताए ।

जंगली हात्ती गाउँ पसेर किसानले लगाएको बाली नष्ट गरि आहाराको खोजीमा घर तोडफोड गरेर बितन्डा मच्चाउन थालेकाले केही नलाहेर पूजा गरेको पीडित श्याम कुमार चौधरीले बताए ।

जंगली जनावरबाट असुरक्षित भएको कुरा स्थानीय सरकार, बन कार्यालय, जिल्ला प्रशासन लगायतका सम्बन्धित निकाएमा जानकारी गराउदा समेत सुनुवाइ नभको स्थानीय खड्ग बहादुर तामाङले बताए ।

हामीले हात्ती धपाउनु हरेक उपाय अपनायौ अग्निसाई कृष्णासवरन २ का सुर्यमान तामाङले भने, सम्बन्धि निकायमा समेत आग्रह गर्यौ कसैले चासो नदिएपछि संगठिन बनाएर पुजा गर्न बाध्य छौ ।

स्थायी बुढापाकाले अग्निसाईरको पुजा गरे जंगली जनावरले दु:ख नदिने भनेकाले अन्तिम उपायको खोजीमा पुजा गरेको स्थानीय पीडितहरुको कथन रहेको छ ।

अग्निसाईर देउता रिसाएका कारण गाउँलेलाई सताएको पीडितहरुको बुझाई रहेको छ । बिगत पाँच बर्ष देखी यस क्षेत्रमा जंगली हात्ती, बाँदर, बंदेलले आतंक मच्चाउन थालेपछि हजारौं गिघा खेती योग्य जग्गा बाँझै रहने गरेको छ । सयौ घरमा तोडफोड गरेको छ भने दर्जनौं बस्ती बिस्थापित भएका छ्न ।

स्थानीयबासीहरुले हात्ती, बाँदरको मुर्ति बनाएर पंडित बोलाएर पुजा गरेका थिए । उनिहरुले पूजा गर्न चन्दा संकलन गरेका थिए । संकलित चन्दाले हात्ती, बाँदर तर्साउने उपकरण र सुरक्षाका लागि जनजागरण गराउने अभियान चलाएको स्थानीयहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com