सप्तरीले रौतहटलाई २५ रनले पराजित गर्दै फाइनलमा प्रवेश ; फाइनल खेल पर्सासँग खेल्ने

मनोहर पोखरेल
राजविराज, १६ फागुन । किर्तिमानी अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी महबुब आलमको बिष्फोटक ब्याटिंगले बिहीबार अन्तिम लिग खेलमा सप्तरीले रौतहटलाई २५ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
राजबिराजमा सञ्चालित प्रदेश नंं २ स्तरीय छनौट क्रिकेट प्रतियोगितामा आफ्नो समूहको रौतहट, सर्लाही र सिरहालाई पराजित गरी फाइनल प्रवेश गरेको सप्तरीले शुक्रबार हुने फाइनल खेल पर्सासँग खेल्नेछ ।
महबुबले बिष्फोटक ब्याटिङ्ग गरेपछि निर्धारित २० ओभरको आजको खेलमा सप्तरीले ६ बिकेटको नोक्सानीमा एक सय ५१ रनको योगफल तयार पा¥यो । महवुवले ३८ बलमा सात छक्का र चार चौकाको मद्धतले ७२ रनको बिष्फोटक पारी खेले । गुणानन्द रायले २९ तथा बिकास दासले नटआउट रहि १५ रनको योगदान दिए । बलिङ्गतर्फ रौतहटका सुनिल मिश्रा र रवी साहले समान दुई बिकेट लिए ।
रौतहटले सात बिकेटको नोक्सानीमा एक सय २६ रन मात्र जोडन सक्यो । रौतहटका लागि आशु कन्डोईले आर्कषक ब्याटिङ्ग गर्दै ४१ बलमा ४७ रन तथा शैलेन्द्र कुशवाहाले २४ तथा आशिक साहले १७ रनको योगदान दिए । सप्तरीका तर्फबाट अनिल यादव र राहुल मण्डलले समान २ बिकेट लिए । खेलको म्यान अफ द म्याच महवुव घोषित भए ।
यसैगरी दोस्रो खेलमा सर्लाहीले सिरहालाई ६ बिकेटले पराजित गरेको छ । सिरहाले ६ विकेटको नोक्सानीमा ९२ रन जोड्यो । सिरहाका लागि अशोक यादवले नटआउट रहि ३५ रन तथा आशुतोष बिकले १७ रर रिशभ कार्कीले १८ रनको योगदान दिए । बलिङ्गतर्फ सर्लाहीका सन्दिप खडकाले तीन तथा सुशान्त सिह, रोशन सिंह र निरज मिकरानीले समान एक बिकेट लिए ।
सर्लाहीले उक्त लक्ष्य १६ ओभर पाँच बलमा चार विकेटको नोक्सानीमा भेटायो । सर्लाहीका लागि सुशान्त सिंहले नटआउट रही ३३ तथा सुभाष पण्डित र सुधिर चौधरीले क्रमशः १९ र १४ रनको योगदान दिए । सिरहाका तर्फबाट पार्थिव यादव, दिलिप यादव, कुश मण्डल र प्रदिप पण्डितले समान एक बिकेट लिए । खेलको म्यान अफ द म्याच सर्लाहीका सुशान्त सिंह घोषित भए ।
प्रतियोगिताअन्र्तगत शुक्रवार तेश्रो स्थानको लागि पहिलो खेल बारा र सर्लाही बीच तथा फाईनल खेल सप्तरी र पर्साबीच हुने आयोजक समितिका संयोजक रवी रायले जानकारी दिए ।
खेल आरम्भ हुनु अघि बुधबार भएको हेलिकप्टर दुर्घटनामा मृत्यु हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबीन्द्र अधिकारीसहित सात जना मृतकप्रति एक मिनेट मौन धारण गरी खेलाडीहरुले शोक मनाउँदै हातमा कालो पट्टी बाँधेर खेले ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com