सप्तरी पिप्राका अजय मुखियाको हत्या आरोपमा बाबु छोरा पक्राउ

बृजमान तामाङ

बिरेन्द्र बजार, १३ कार्तिक । सप्तरीको कंचनरुप नगरपालिका वडा नम्बर ५ पिप्राका अजय मुखियाको हत्या गरेको आरोपमा सोही गाउँका बाउ छोरा पक्राउ परेका छन ।

मुखियाको हत्या गरेको आरोपमा स्थानीय श्रीलाल सरदार निजका १९ बर्षका छोरा बिजय सरदार पक्राउ परेका हुन ।

घटनामा संलग्न रहेको भनि पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएपछि खोजतलास गर्ने क्रममा उदयपुरका कटारीबाट सरदारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

सरदार पक्राउ परेपछि बेपत्ता भएको मुखियाको खोजतलास गर्दा सरदारको बयानको अनुसार कंचनरुप नगरपालिका ५ स्थित त्रियुगा नदिको किनारमा पुरेको भनी खोजतलास गर्दा नभेटिएछि निजको छोरा सहित ३ जनाले सो ठाउँभन्दा करिब ५ किमि पुर्व लगेर गाडेको अबस्थामा लास फेला परेको प्रहरिद्वारा घटना सार्बजनिक गरेको छ ।

मृतक मुखियाको लास स्वास्थ्य परिक्षणका बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको तथा घटनाको बारे अनुशान्धन भईरहेको पत्रकार सम्मेलनमा प्रहरीले जनाएको छ । मुखिया गत कार्तिक १ गते देखि बेपत्ता भएको थियो । उनको सव कार्तिक ९ गते त्रियुगा नदिको किनारमा फेला परेको थियो ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com