उत्सव आचार्य
कञ्चनरूप सप्तरी , १० मंसिर ।
सप्तरी प्रहरीले दुई लाख बराबरको अवैध सरसामान बरामद गरेको छ ।
राजविराज नगरपालिका–१४ प्रसाइ टोलबाट भारतदेखि भन्सार छलि गरी ल्याउँदै गरेको २ लाख रुपैयाँ बराबरको सवारी साधनमा लाग्ने मेशनेरी सरसमान बरामद गरिएको छ ।
प्रहरी चौकी बर्साईनबाट खटिएको प्रहरी टोलीले को १७ प ३२८० नम्बर मोटरसाईकलमा लोड गरी दुईवटा काटुन ल्याउँदै गरेको सवारी साधनमा प्रयोग हुने समानहरु बरामद गरेको हो ।
प्रहरी टोलीलाई देखेर तस्कर मोटरसाइकल छोडेर भागेपछि सो समान र मोटरसाईकल बरामद गरिएको जनाएको छ ।
बरामद गरिएको सरसामान आवश्यक कारवाहीकालागि भन्सारमा वुझाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।