समाजवादी विधार्थी फोरम सप्तरीको अध्यक्षमा : संजय कुमार यादव

बृजमान तामाङ

विरेन्द्र वजार, ३० पुस ।

संघीय समाजवादी फोरम नेपालको भातृ संगठन समाजवादी विधार्थी फोरम नेपाल सप्तरीको अध्यक्षमा संजय कुमार यादव सर्वसम्मत चयन भएका छन ।

संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य एवम निर्वाचन मण्डलका अध्यक्ष शैलेस चौधरीले सोमवार एक कार्यक्रमका वीच यादवको नेतृत्वामा २३ सदस्य जिल्ला कार्यसमिती सर्वसम्मत चयन भएको घोषणा गरेका हुन । संघीय समाजवादी फोरम नेपाल सप्तरीको जिल्ला कार्यालयमा आयोजित कार्यक्रममा चौधरीद्धारा घोषित समितीको उपाध्यक्षहरुमा संतोष यादव, गौतम वर्मा, सचिवमा अभिषेक यादव र कोषध्यक्षमा रुवी कुमारी यादव चयन भएका छन । 

गठित समितीको सदस्यहरुमा दिपक कुमार यादव, सरोज कुमार यादव, अनिल कुमार साह, दिपक दास, चन्दन दास, मनु शेख, मिथिलेस यादव, संजय शर्मा, दिपेन्द्र कुमार यादव, विनोद कुमार ठाकुर, रोहित यादव, लिलशेन यादव, पायल दास, रामप्रकाश यादव, शिवानन्द यादव, विनोद कुमार यादव, अभिषेक झा र संतोष मेहता रहेका छन । निर्वाचन मण्डलद्धारा श्रीप्रसाद यादव, श्याम कुमार यादव, मो. लुकमान, मनोज मण्डल, मुकेश कुमार यादव, मिथिलेश यादव र राजेश यादव रहेको ७ सदस्य सल्लाहकार समिती समेत चयन भएका घोषणा गरे ।

समाजवादी विधार्थी फोरम नेपाल सप्तरीका निर्वमान अध्यक्ष एवम प्रदेश नम्वर २ का वरिष्ठ उपाध्यक्ष तारकेश्वर यादवको अध्यक्षता तथा केन्द्रिय सदस्य एवम निर्वाचन मण्डलका संयोजक शैलेस चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा केन्द्रिय सदस्य विनोद चौधरी, चित्त नारायण यादव, अशोक यादव, जिल्ला ईन्चार्ज सत्य नारायण यादव, नेता लक्ष्मण यादव, समाजवादी विधार्थी फोरम प्रदेश नम्वर २ का कोषाध्यक्ष राधेश्याम यादव, जिल्ला सचिव केदार प्रसाद यादव, सह सचिव वृजमान तामाङ, कोषध्यक्ष अरमेन्द्र कुमार यादव, महिला फोरम सप्तरीका अध्यक्ष गिता यादवले नयाँकार्य समितीलाई वधाई दिदै सफल कार्यकालको शुभकामाना मनतब्य व्यक्त गरे ।

नवनिर्वार्चित पदाधिकारीहरुलाई फोरम नेपालका केन्द्रिय सदस्य एवम विधार्थी फोरमका पुर्व केन्द्रिय अध्यक्ष अशोक यादवले सपथग्रहण गराएका छन । कार्यक्रम संचालन समाजवादी विधार्थी फोरम नेपाल प्रदेश नम्वर २ का सदस्य श्याम कुमार यादवले गरे । गत अशोज १६ गते प्रदेश नम्वर २ का भुमी व्यवस्था कृषी तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहको प्रमुख आतिथ्यमा विधार्थी फोरम सप्तरीको उद्घाटन सभा सम्पन्न भएको थियो ।

यस्तै पार्टी कार्यालय राजविराजमा सोमवार आयोजित भेलावाट मो. साविर हुसैन खानको संयोजत्वमा ५४ सदस्य समाजवादी मुश्लिम फोरम, रामस्वागत विश्वकर्माको संयाजत्वमा ४५ सदस्य समाजवादी शिल्पी फोरम र वुध नारायण यादवको संयोजत्वमा ४१ सदस्य समाजवादी मज्दुर संगठनको जिल्ला तदर्थ समिती समेत गठन गरेको फोरम नेपालका जिल्ला सचिव केदार प्रसाद यादवले जानकारी गराएका छन ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com