सरोकारवालाहरुले चासो नदेखाएपछी चन्दा संकलन गर्न बाध्य हात्ती पीडितहरु

बृजमान तामाङ
बिरेन्द्र बजार, १८ कार्तिक । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकाका बासिन्दाहरु हात्तीबाट जोगिन चन्दा संकलन गर्न थालेका छन ।

दिनहु जंगली हात्तीको समुह गाउँ प्रबेश गरि उत्पात गरेर जिउज्यान जोखिममा परेपछि उनीहरु चन्दा संकलनमा जुटेका हुन ।

महिनौ देखि दिनभरी जंगलमा बस्ने र साझपर्न साथ बस्ती पसेर आतंक मच्चाउने गतेको स्थानीयले बताएका छ्न ।

अग्निसाईर कृष्णासवरन वडा नम्बर २ चौफालका पिडित कृष्णा माया राईले हात्ती आतंकले एक महिना देखि सुत्न नपाएको दुखेसो सुनाए । साझ पर्ने बितिकै घरमा आक्रमण गर्छ ज्यान जोगाउनु गाउँ भरी होहल्ला गर्दै जाग्राम बस्नु पर्ने बध्यता रहेको उनले जानकारी गाराए ।

हात्तीको समूह गाउँमा प्रवेश गरि धान, कोदो, दाल, केरा खाएर नष्ट गरेको स्थानीय रघुबंश चौधरीले बताए ।महिनौ देखि नजिकैको बनक्षेत्रमा बस्दै आएको हात्तिको समुहले लाखौंको अन्नबाली र दर्जनौं घरमा तोडफोड गरि क्षति गरेको उनले जानकारी गराए ।

साझ पर्न नपाउदै पाँचवटा हात्तीको समुहले किसानले लगाएको अन्नबाली नष्ट र आहाराको खोजीमा घर भत्काउन थाले पनि मुखदर्शक बन्नु परेको स्थानीय खड्ग बहादुर तामाङले बताए । प्रहरी सहितको टोलि मिलेर रातरात हात्ती धपाउन जादा ज्यान जोखिममा हुने गरेको उनले बताए ।

एकबर्ष देखि पटकपटक हात्तीले आतंक फैलाउदा समेत कसैले सुनुवाइ नगतेको स्थानीय बासी गुनासो गर्छ्न । घरमा लाखौं क्षति भएको हुन्छ स्थानीय पीडित पृथ बहादुर राईले भने,स्थानीय सरकारले पाँच हजार दिएर झारा टार्ने काम मात्र गर्छ । हात्ती धपाउन सरोकारवालाहरुको ध्यानाकर्षण गराउदा चासो नदेखाएपछी चन्दा संकलन गरि हात्तिबाट सुरक्षित रहन चन्दा उठाउन थालेको स्थानीयहरु बताउँछन् ।

उठेको चन्दाले हात्ती धपाउन आबश्यक उपकरणको को जोहो गर्नुको साथै बिजुली बत्ती जडान गरि बस्ती सुरक्षित राखिने पीडित भक्त बहादुर तामाङले बताए । हात्तीले जिउज्यान जोखिममा परेपछी अग्निसाईर कृष्णासवरनका बासिन्दाहरु त्रसित भएका छ्न ।

हात्तीले अग्निसाईर कृष्णासवन गाउँ पालिकामा मात्रै दुई दर्जन बढी घर तोडफोड गरि बिचल्लीमा पारेको छ्न भने लाखौंको नन्नबालीमा क्षति गरेको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com