सर्वोदय मा. वि. कंचनपुरद्वारा छात्रवृत्ति वितरण समारोह सम्पन्न

उत्सव आचार्य
कञ्चनरुप सप्तरी , २१ मघ । सर्वोदय माध्यमिक विद्यालय कञ्चनरुप –८ कंचनपुर सप्तरीले मंगलवार छात्रवृत्ति वितरण समारोह सम्पन्न गरेको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसनत कुमारले आजको आवश्यकता प्राविधिक तथा रोजगार मूलक शिक्षा आवश्यक रहेकोले प्राविधिक शिक्षामा जोड दिई विद्यार्थीले अनुशासित भई राम्रो सँग अध्ययन गर्नुपर्ने बताए ।
गुणस्तरिय शिक्षा र क्षमतावान विद्यार्थी बनाउन नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर काम गरीरहेको बताउँदै पुरानो छात्रावासलाई मर्मत गरी विद्यार्थीलाई छात्राबासको समेत व्यवस्था मिलाउने बताए ।
उपप्रमुख निरु पोखरेलले शिक्षा नै मानव जीवनको मेरुदण्ड भएकाले शिक्षाको विकास नभएसम्म मानव र राष्ट्रको उन्नती हुन नसक्ने बताइन् ।
नगर प्रवक्ता एवं वडा नं ८ का वडा अध्यक्ष राजकुमार साह , शिक्षा शाखाका ललित नारायण यादव , प्रेस सल्लाहकार उत्तम आचार्य लगायतका वक्ताहरुले गुणस्तरीय शिक्षालाई प्रभावकारी ढङ्गले अगाडि बढाउनु पर्नेमा जोड दिए ।
विद्यालयका प्रधानाध्यापक तारानन्द मल्लिकले कार्यक्रमको उदेश्यका बारेमा जानकारी गराएका थिए ।
कक्षा १ देखि कक्षा ८ सम्मका लाई दलित छात्रवृत्ति , छात्रालाई छात्रा छात्रवृति रु ४ सयका दरले प्रदान गरिएको थियो , कक्षा ९ र १० का दलित र छात्रालाई रु ५ सयका दरले छात्रवृत्ति प्रदान गरिएको विद्यालयले जनाएको छ भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिसागर चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com