साँसद रेशम चौधरीलाई आम माँफी दिनुपर्छ : संर्घष समिती

बृजमान तामाङ

विरेन्द्र वजार, ११ चैत्र ।

माननीय रेशम चौधरी वचाउ अभियान संर्घष समिती सप्तरीले साँसद रेशम चौधरीलाई आम माफीको माँग गरेको छ ।

समितीद्धारा सोमवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी आम माँफी दिनुपर्ने माँग गरेको हो । 

पत्रकार सम्मेलनमा समितीका संयोजक रामाककन्त चौधरीले टिकापुर घटनामा साँसद चौधरी निर्दोष रहेको दावी गर्दै उनलाई आम माँफी दिन माँग गरे । जिल्ला अदालत कैलालीले टिकापुर घटनाको फैसाला प्रति गम्भिर ध्यानाकर्षण भएको वताउदै संयोजक चौधरीले पहिचान र अधिकारको लागि भएको आन्दोलनमा जोडेर थारु नेता माथि झुठामुद्धा लगाएर जन्म कैदको फैसला सुनानु अदालतले विभेदपुर्ण ब्यावहर गरेको पत्रकार सम्मेलनमा वताए ।

देशमा भएको अनेकौ राजनीतिक क्रान्ति, विद्रोह र आन्दोलनहरुलाई राजनीतिक रुपमा हेरीनु तर टीकापुर विद्रोहलाई मात्र शुद्ध आतंककारी घटनाको रुपमा ब्यावहार गर्नु अन्यायपुर्ण भएको ठहर गर्दै संर्घष समितीले सँँसद चौधरी लगायत ११ जनालाई जन्मकैद र १२ जनालाई ३ वर्षको सजाय तोकेको प्रति घोर आपत्ति र खेद व्यक्त गर्दै टीकापुर घटनालाई राजनीतिक रुपमै समाधान खोज्न सरकार संग आग्रह गरे ।

टीकापुर घटना छानविनका लागि वनेका विभिन्न समितीको प्रतिवेदन सार्वाजानिक गर्न माँग गर्दै पुर्व न्यायधिश गिरिश चन्द्रलाल दास नेतृत्वको समिती र सर्वदलिय सँसदिय समिती, राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक नहुदै जिल्ला अदालत कैलालीले पुर्वग्रही निर्णय गरेको संर्घष समितीको आरोप छ ।

साँसद चौधरी सहित टीकापुर घटनामा आरोप लागेकाहरुलाई विनासर्त थुनामुक्त गर्न माँग गर्दै सामजिक सद्भाव कायम राख्न थारुनेताहरु माथि लगाईएका झुठामुद्धा फिर्ता गनुपर्नेमा जोड दिए । समितीले साँसद चौधरीको जिवन रक्षाका लागि शान्तिपुर्ण संर्घषका कार्यक्रमहरु समेत पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेको छ ।

कार्यक्रमम अन्र्तगत प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा सभामुखलाई ज्ञपन—पत्र बुझाउने, सवै जिल्लामा वडा तथा पालिका स्तरीय सर्घष समिती गठन गर्ने र वैशाख भित्र राष्ट्रिय भेला आयोजना गर्ने कार्याक्रम रहेको तथा शान्तिपुर्ण संर्घषद्धारा माँग संवोधन नगरे कठोर आन्दोलन गर्ने समेत पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका पुर्वअध्यक्ष महेन्द्र प्रसाद चौधरी, थारु कल्याणकारीणी सभा सप्तरीका अध्यक्ष पुर्ण प्रसाद चौधरी, थारु महिला सभा सप्तरीका अध्यक्ष संतोषी चौधरी लगायतका विभिन्न पहिचानवादी संघसंस्थाका प्रतिनिधी, थारु अगुवा नेताहरुको उपस्थिती रहेको संर्घष समितीका सह संयोजक कल्पना चौधरीले जानकारी दिईन ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com