सांसद गिरीद्वारा सञ्चारकर्मीलाई ल्यापटप प्रदान

मनिष साह

कञ्चनरुप सप्तरी , २३ मंसिर ।

प्रतिनिधि सभाकी सांसद सरिता गिरी यादवले आइतबार एक ल्यापटप प्रदान गरेकी छन् ।

कलिलै उमेरमा ग्रामीण क्षेत्रमा रही कलमको माध्यमद्वारा गाउँ घरमा लुकेर रहेको समाजलाई समाचारको माध्यमबाट निडर र निर्भीक रुपमा जनता समक्ष पस्कन सफल भएकोमा प्रोत्साहन स्वरूप सगरमाथा आवाज साप्ताहिकका कञ्चनरुप सम्बाददाता उत्सव आचार्यलाई खुसी भएर एक थान ल्यापटप प्रदान गरेकी हुन् ।

ल्यापटप प्रदान गर्दै उनलेे भनिन् आगामी दिनमा पनि आफ्नो कलमलाई तिखारेर समाचार सम्प्रेषण गर्न आग्रह गर्दै सफलताको लागि शुभकामना समेत दिइन् ।

ल्यापटप लिएपछि सञ्चारकर्मी उत्सव आचार्यले सञ्चारकर्मीको उच्च मूल्यांकन गरि ल्यापटप प्रदान गर्नु भएकोमा सांसद गिरीलाई धन्यवाद प्रदान गरे ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com