साईकल बितरणले छात्राहरुलाई शिक्षामा आकर्षण गर्न थप बल पुगेको छ : पुर्व शिक्षा मन्त्री

वृजमान तामाङ

बिरेन्द्र बजार,१० असोज । पुर्व शिक्षा मन्त्री रेणु कुमारी यादवले प्रदेश २ सरकारको साईकल बितरण अभियानले छात्राहरूलाई शिक्षामा आकर्षित गर्न थप बल पुगेको बताएकी छिन ।

सप्तरीको बुद्विलाल बिधामुनर नमुना माध्यामिक बिधालय भगवतपुरका कक्षा ८ का छात्रहरुलाई साईकल बितरण गर्दै उनले यस्तो बताएकी हुन ।

बिधालयद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री यादवले छोरीप्रती सम्मान गर्दै प्रदेश सरकारद्वारा ल्याएको बेटि बचाउ बेटि पढाउ अभियानको प्रसंशा गरिन । महिलालाई सशक्त पार्दै र सम्मान अबसर प्रदान गर्ने उदेश्यका साथ प्रदेश सरकार लाग्नु सकारात्मक रहेको उनले बताईन । प्रदेश सरकारले महिलालाई प्रथामिकता राखेर अभियान चलाउनु महिला प्रतिको सम्मान हो पुर्व मन्त्री यादवले भनिन, साईकल बितरण गरेर छात्राहरूलाई शिक्षामा आकर्शित गर्न थप बल पुगेको छ । उनलेे सरकारको अभियानलाई सहयोग गर्न सर्वपक्षीय आबाश्यकता औलाईन ।

समाजबादी पार्टीका केन्द्रिय सदस्य बिनोद चौधरीले साईकल बितरणले शिक्षामा छात्राहरूलाई प्रोत्साहन गरेको बताए ।

बिधालय ब्यबस्थापन समितिका अध्यक्ष सबुर लाल चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष वृजमान तामाङ, शम्भुमाथ नगरपालिका वडा नम्बर ४ का अध्यक्ष अरुण कुमार चौधरी, समाजवादी थारु संघका केन्द्रिय उपाध्यक्ष संसारी देबि चौधरी, समाजवादी पार्टी शम्भुनाथका अध्यक्ष सरोज कुमार चौधरीले शुभकामना मन्तव्य व्यक्त गरे ।

शिक्षक पन्नालाल चौधरीद्वारा संचालित कार्यक्रममा बिधालयका प्रधाना ध्यायापक तुलसी दास चौधरीले स्वागत गरे । कार्यक्रममा पुर्व मन्त्री यादवले बिधालयका कक्षा ८ मा अध्यानरत ८४ जाना छात्रालाई साईकल बितरण गरिन ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com