सिरहाबाट अवैध हातहतियार सहित एक पक्राउ

सिरहा , ५ मंसिर ।
सिरहा जिल्लाबाट अवैध हातहतियार सहित एक मानिस पक्राउ परेका छन् ।

सिरहाको कल्याणपुर नगरपालिका वडा नं.२ चतरीघाटमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले कल्याणपुर नगरपालिका वडा नं.३ इटारी पर्साही वस्ने नथुनी मियाँको छोरा २१ वर्षीय अहमद मियाँलाई पक्राउ गरेको हो ।

उनलाई बाटोमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा चेकजाँच गर्दा निजको साथ बाट मेडइन यु.एस.ए. लेखेको ७ एम.एम. लेखेको स्वचालित पेस्तोल १ थान , यसमा प्रयोग हुने खाली म्यागजिन १ थान र निजले प्रहरी टोलीलाई देखी नजिकै रहेको धान खेतमा फालेको FETRI BRATA U.S.A. ९ एम.एम. लेखेको स्वचालित पेस्तोल १ थान र यसमा प्रयोग हुने  खाली म्यागजिन १ थान गरी जम्मा २ थान पेस्तोल र २ थान म्यागजिनहरु सहित  पक्राउ गरिएको हो ।

मियाँलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ  ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com