सिरहा गोलबजारका एक कोरोना संक्रमित युवकको उपचारको क्रममा मृत्यु

सिरहा , २३ साउन । सिरहा गोलबजारका एक कोरोना संक्रमित युवकको उपचारको क्रममा मृत्यु भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिहीबार राति गोलबजार नगरपालिका–१२ का २३ वर्षीय युवकको कोरोना संंक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख विष्णुदेव यादवले जानकारी दिए ।
युवक विगत तीन वर्ष देखि किड्नीको समस्याले सिकिस्त रहेका थिए ।
ती युवकको शव सिरहा ल्याउने तयारी भइरहेको छ । उनको दाह संस्कार नेपाली सेनाले गर्ने यादवले बताए । मृत्यु भएका युवकमा गत बुधबार
कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com